खाल्टेमा श्रीमद् भागवत सप्ताह,शैक्षिक तथा धार्मिक महोत्सव हुने: कलाकारहरुको विशेष प्रस्तुती हुने

धादिङ । नीलकण्ठ नगरपालिका ५ खाल्टेमा श्रीमद् भागवत सप्ताह धनधान्याञ्चल बिराट ज्ञान महायज्ञ एवम् शैक्षिक तथा धार्मिक महामहोत्सव हुने भएको छ ।

खाल्टे देउरालीमा अवस्थित श्री मनकामना देवी आधारभूत विद्यालयमा प्राविधिक शिक्षालयको स्थापना एवम् शैक्षिक उन्नयन गर्ने उद्देश्यले यहि कात्तिक २९ गतेदेखि मंसिर ७ गतेसम्म महोत्सवको आयोजना गरिएको भागवत संयोजक कपिल भट्टले जानकारी दिए । महोत्सवबाट विद्यालयमा गुणस्तरिय शिक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । ‘पण्डित श्री विजय सिग्देलको मुखारविन्दुबाट कथा वाचन हुनेछ । त्यस्तै उक्त सप्ताहमा थुप्रै कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने भट्टले बताउनु भयो ।

त्यस्तै यो धार्मिक तथा सामाजिक कार्यमा सबै जना सहभागी भै पुण्य आर्जन गर्न एबं सक्दो दान तथा सहयोग गर्नु हुन समेत अनुरोध गर्नु भएको छ ।