घ्युब्राङ अनुग्रह मण्डली लापाको १० औ बार्षिक उत्सव कार्तिक १ गते हुने

धादिङ । रुबीभ्याली ५ लापामा रहेको घ्युब्राङ अनुग्रह मण्डली लापाको १० औ बार्षिक उत्सव कार्तिक १ गते हुने
भएको छ ।

विभिन्न किसिममा कार्यक्रमहरु, नाचगान सहित हर्षोउल्लासको साथ हुन लागिएको कार्यक्रमको प्रमुख अतिथि इसाई समाज धादिङका अध्यक्ष पा. लेक बहादुर तामाङ हुनुहुन्छ । त्यस्तै उक्त दिन लापा गाउँ लगायत अन्य छिमेकी गाउँका चर्चहरु बाट समेत उपस्थित भै भब्य रुपमा कार्यक्रम सम्पन्न हुनेछ ।

साथै कार्यक्रमको लागि सम्पुर्ण चर्चहरुलाई निमन्त्रणा गरिसकेको र यदि कुनै कारण सुचना प्राप्त नभएको खण्डमा यसै समाचारलाई सुचना ठानी कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरिएको छ । कार्यक्रम बिहान १० बजे बाट घ्युब्राङ अनुग्रह चर्च लापामा हुने छ ।