चाडपर्वको बेला कहिले सम्म उत्तरी धादिङका स्थानीयले गाडी भाडा दरमा ठगिनु पर्ने होला ?

धादिङ । बर्ष दिनमा एकपटक आउने दशै तिहारमा उत्तरी धादिङका खनियाबास, रुबीभ्याली गंगाजमुना गाउँपालिकाको साबिकको रि गाबिसका स्थानीयहरुले आफ्नो घर गाउँ जान निकै सास्ती भोग्नु पर्छ ।

आफ्नो घरगाउँ छोडी कामको निम्ति तथा बालबालिकाको उज्ज्वल भबिस्यको निम्ति शहर बजार झरेका स्थानीयहरु जब दशै तिहारमा घर जानू पर्ने हुन्छ , त्यतिबेला महाभारतको युद्ध जित्नु भन्दा पनि बढी चुनौती पु:न हुने गर्दछ ।

दशै सुरु भएको २/३ दिनमा नै उत्तरी धादिङको ग्रामीण क्षेत्रमा चल्ने प्रमुख यातायात ब्यबसायले टिकट काउन्टर बन्द गर्छन अनि ड्राइभरहरुले आफू खुसी रिजर्भमा मनोमानी ढंगले भाडा उठाएर यात्रुहरुलाई ठग्ने गर्दछ ।

यो बिषयमा नत यस क्षेत्रका जनप्रतिनिधि बोल्ने गर्छन नत जिल्ला प्रशासन धादिङले चासो राख्छ । बर्षौ देखि स्थानीय जनताले हैरानी र सास्ती खेपी रहेका छन यद्यपि सरोकार निकाय मौन छन ।

जनप्रतिनिधिहरु लाखौ, करोडौंको गाडी, स्कर्पियोहरुमा खनियाबास, रुबीभ्याली, गंगाजमुना लगायतका आफ्नो क्षेत्रमा सवार हुन्छन । तर यहाँका जनताहरु बिहान ३ बजे देखि टिकट काउन्टरमा लाइन बसेर १/२ दिनमा बल्ल बल्ल मुस्किलले सानो जिप पाउन्छन त्यो पनि नपाए भेडा बाख्रा जस्तै कोच्चिएर ट्रकमा घरगाउँ जान बाध्य हुनु पर्छ ।

यसर्थ , यो समस्याको दीर्घकालीन हलको निम्ति सडकको अवस्थालाई सुधार गर्दै ठुला यातायातको साधन सहजै सबै तिर पुग्न सक्ने अवस्थाको सिर्जना गरिनु पर्छ भने तत्कालको निम्ति स्थानीय सरकार, जिल्ला प्रशासन, प्रहरी लगायतले यस क्षेत्रमा संचालन हुने यातायात ब्यबसायीहरुलाई टिकाको अघिल्लो दिन सम्म टिकट काउन्टर खोलेर महँगो भाडा उठाउने सवारी चालकहरुलाई कडाई गरी, स्थानीयलाई ठगिनु बाट जोगाउनु पर्दछ ।