पेर्चो सम्म गाडी पुग्यो: पेर्चो पहिरोले अवरोध बनेको सडक मर्मत गरि भोलि बोराङ पुग्ने सम्भावना

धादिङ । वर्षा रोकिए सगै, दशैमा सहजै स्थानीयहरु आफ्नो घर पुग्न सकोस् भनी रुबीभ्याली र खनियाबास गाउँपालिकाले सडक मर्मत कार्यको थालनी गरिएको थियो । जसअनुसार आज खनियाबास १ को पेर्चो सम्म सडक मर्मत कार्य भै धादिङ बेसि देखि पेर्चो सम्म यातायातक साधनहरु पुगेको स्थानीय दामन तामाङले होराइजन खबरलाई बताउनु भयो ।

रुबीभ्याली गाउँपालिकाले लिस्ने खोला सिमाना सम्म सफा गरिसकेको छ भने खनियाबास गाउँपालिकाले पनि वर्षा रोकिए सगै निरन्तर केही दिन देखी सडक सफा गर्दै आएको छ । यद्यपि पेर्चो गाउँ अलि माथि रहेको पहिरोमा अझै माथि बाट पहिरो चलिरहेकोले आज पेर्चो सम्म मात्रै सडक सफा गरिएको छ ।

त्यस्तै भोलि पनि सडक मर्मत कार्य हुने र पहिरो रोकिए बोराङ सम्म धादिङ बेसि देखी सहजै यातायातकका साधन संचालन भै यात्रुहरुलाई सहज हुने तामाङ बताउनु हुन्छ ।

यातायातको साधनहरु संचालन हुन थाले सगै त्यहा सम्म पुग्न रिजर्भमा महँगो भाडा तिरेर जानू परेको यात्रुहरुले गुनासो समेत गरेका छन । यस्को निम्ति पनि सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ ।