साङ्कोस तिप्लिङ सडकको खनियाबासमा सडक मर्मत कार्य सुरु: आजै पेर्चो सम्म मर्मत गर्ने लक्ष्य

धादिङ । वर्षा रोकिए सगै, दशैमा सहजै स्थानीयहरु आफ्नो घर पुग्न सकोस् भन्ने उदेश्यले, खनियाबास गाउँपालिकाले सडक मर्मत कार्य बिहिवार देखि थालनी गरिएको खनियाबास गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङले होराईजन खबरलाई जानकारी दिनु भयो ।

बिहीबार धार्ना पहिरोमा मर्मत गर्न थालिएको सडक आजै खनियाबास १ पेर्चो सम्म सफा गर्ने लक्ष्यको साथ मर्मत कार्य भैरहेको तामाङले बताउनु भयो ।

त्यस्तै रुबीभ्याली तर्फको सडक भने लिस्ने खोला सम्म मर्मत भै सकेको छ । खनियाबास गाउँपालिका भित्र पर्ने सडक १/२ दिनमा मर्मत हुने बित्तिकै सहजै दशैमा खनियाबास, गंगाजमुना र रुबीभ्यालीका स्थानीयहरु आफ्नो घर गाउँ यातायातको साधन मार्फत जान सक्ने छन ।