सिरियामा अमेरिकाको हवाइ हमला, ३७ आतंकवादी मारिएको दाबी

अन्तरास्ट्रिय खबर । अमेरिकाले सिरियामा आईएसआईएस र अलकायदासँग सम्बद्ध आतंककारी समूहको अड्डामा आक्रमण गरेको छ । यसमा ३७ आतंकवादी मारिएका छन् । अमेरिकी सेनाले सिरियामा दुई छुट्टाछुट्टै कारबाही गरेको बताएको छ ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार सेप्टेम्बर १६ मा मध्य सिरियामा रहेको आइएसआइएस तालिम केन्द्रमा हवाई हमला गरिएको थियो। यसमा २८ आतंकवादी मारिएका थिए । यसपछि, अमेरिकी सेनाले सेप्टेम्बर २४ मा उत्तर-पश्चिमी सिरियामा आक्रमण गर्‍यो, जसमा अल कायदा समूहका ९ आतंकवादी मारिए।

अमेरिकी सेनाका अनुसार अलकायदा संगठनसँग सम्बद्ध हुर्रास अल-दिनका शीर्ष कमाण्डर ‘अब्द-अल-रौफ’ हमलामा मारिएका छन्। उनले सिरियामा सैन्य कारबाहीको पर्यवेक्षण गरेका थिए ।