धादिङमा सुबिधा सम्पन्न “ट्रिपल क्राउन रिसोर्ट” गल्छी ४ मासटारमा स्थापना

धादिङ । नेपालको उत्तरी हिमाल देखि दक्षिणमा महाभारत सम्म फैलिएको पहाडी जिल्ला धादिङको गल्छी गाउपालिका वडा न ४ मासटारमा एक सुबिधा सम्पन्न ट्रिपल क्राउन रिसोर्टको स्थापना भएको छ ।

करिब आठ रोपनीको जग्गामा स्थापना यस होटलमा attach bathroom सहितको सुबिधा सम्पन्न १६ वटा AC रुमहरु छन् । त्यस मध्य Sweet, standard र deluxe गरि ३ बर्गमा बिभाजन गरिएको छ । पार्टी, सेमिनार, गोष्ठी, बिबाह वर्तमान तथा अन्य अफिसियल कार्यक्रमहरु संचालनको लागि समेत सानो र ठुलो गरि दुईवटा हलहरु संचालित छन् ।

बच्चा तथा युवाहरुको लागि सानो र ठुलो गरि दुई वटा swimming pool पनि संचालनमा रहेका छन् । चिया तथा नास्ताको लागि समेत coffee hub संचालित यस सुबिधा सम्पन्न होटल काठमाडौं देखि मात्रै ५२ कि.मि. दुरीमा रहेको छ । यहाँ बात नजिकै पर्ने रणकालिका देबिघाट तथा hiking को लागि समेत centre point रहेको छ ।

त्यस्तै बच्चाहरुको लागि एक मनोरञ्जनात्मक play station पनि निर्माण भैरहेको छ ।