खनियाबास ३ मा हाट बजारको उद्घाटन: स्थानीय बस्तु उत्पादन र बिक्रीवितरणमा जोड

धादिङ । खानियाबास ३, तल्लो बृचेतको नेपाल चोकमा वडाको विभिन्न समुहहरु तथा स्थानीयहरु द्वारा हाट बजारको स्थापना गरि आज एक कार्यक्रम बिच उद्घाटन गरिएको छ ।

वडामा रहेको, हरियालि कृषक समुह, प्रगतिशील आमा समुह लगायत स्थानीय सम्पुर्ण कृषक आमाबुबा , दिदिबहिनितथा दाजुभाइहरु द्वारा सन्चालित हाट बजारको खनियाबास गाउँपालिका वडा न. ३ को अध्यक्ष कमानसिह तामाङ र वडा न. ५ को अध्यक्ष रबिन कुमार तामाङ को सम्युक्त अध्यक्षता मा उद्घाटन गरिएको गाउँपालिकाको कृषि शाखाले जानकारी गराएको छ ।

गाउँपालिकाको स्थानीय अर्गानिक कृषिजन्य बस्तुको उत्पादन गर्न प्रोत्साहन गरि त्यसको उचित बिक्रीवितरणमा सहज होस भन्ने उदेश्यले उक्त हाट बजारको स्थापना गरिएको कृषि शाखाले जनाएको छ ।