बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो: ५१ जना बेपत्ता

काठमाडौँ । देशभर गएको बाढी र पहिरोको घटनामा परेर हालसम्म ३७ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । यो तथ्याङ्क असोज ११ गतेदेखि १२ गते दिउँसो २ः४५ बजेसम्मको हो ।

हालसम्म घाइतेको सङ्ख्या ४ जना रहेको छ भने १ हजार २९८ जनाको सकुशल उद्धार गरिएको छ । त्यस्तै, १ सय ९५ वटा घरमा भौतिक क्षति पुगेको छ ।