खनियाबासमा भारतिया दूतावासको सहयोगमा २ करोड ८४ लाखमा प्रसुती गृह निर्माण हुने

धादिङ । भारतिया दूतावासको सहयोगमा सन्चालनमा रहेको High Impact Community Development programme ( HICDP) अन्तर्गत देश भर बाट १२ वटा आयोजना छनौट भएकोमा, खनियाबास गाउँपालिका बाट प्रसुती गृह (Birthing Centre) निर्माणको लागि छनौट भएको छ ।
उक्त प्रसुती गृह खनियाबास गाउँपालिका वडा न. ३ कुरीमा करिब २ करोड ८४ लाख १७ हजार १७५.५१ लागतमा निर्माण हुने भएको छ ।

भारतिया दुतावास बाट ८०% र खनियाबास गाउँपालिकाको बाट २०% आर्थिक लागतमा बन्न लागिएको उक्त भबनको १ हप्ता भित्र ठेक्का खोल्नु पर्ने र ९ महिना भित्र कार्य सम्पन्न गरिसक्नु पर्ने गरि संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालय , भारतिय दूतावास र खनियाबास गाउँपालिका बिच मिति २०८१ असोज ११ गते मन्त्रालयको बैठक कक्षमा त्रीपक्षिय सम्झौता भएको छ छ ।