रुबीभ्याली सञ्चार देखि सम्पर्क बिहिन: नेपाल टेलिकम धादिङ उक्त समस्या प्रति मौन

धादिङ । उत्तरी धादिङको रुबीभ्याली लगायत विभिन्न स्थानहरुमा बर्षौ देखिको मोबाइल टावरको समस्याले स्थानीय आर्जित भएका छन । मुख्य गरि असार साउनको वर्षा झरी र पुस माघमा घाम नलाग्दा यी मौसमहरुमा मोबाइल नेटवर्कको समस्या उत्पन्न हुने गर्दछ । पछिल्लो केही दिन देखि परेको झरी बर्षाले पु:न रुबीभ्याली २ तिप्लिङ र वडा न ५ को लापा टावरमा समस्या आउदा मोबाईल नेटवर्क अबरुद्ध भएको रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताउनु भयो ।

अझै केन्द्रिय प्रसारण लाइन यी क्षेत्रको सबै तिर बिस्तार हुन नसक्दा सोलार बाट मोबाइल नेटवर्क संचालन हुने गर्दछ । तर त्यही सोलारको ब्याट्री लगायत अन्य प्राबिधिक कुराहरुमा समस्या आएको कारण बिगत केही बर्ष देखि नियमित घाम नलाग्दा नेटवर्कमा समस्या आउने गर्दछ ।

पटकपटक नेपाल टेलिकम धादिङलाई यो बिषयमा जानकारी गराए पनि चासो नदेखाएको अध्यक्ष तामाङ बताउनु हुन्छ । ब्याट्रीमा समस्या आएको कारण यस्तो समस्या भएको बताउने टेलिकमले ब्याट्री परिवर्तन गर्नु पनि, टेलिकम कै दायित्व हो तामाङ बताउनु हुन्छ । टेलिकमले प्रत्यक्ष स्थानीय बाट आर्थिक लाभ लिने तर सेवाग्राहीहरुलाई उचित सेवा प्रदान नगर्नु टेलिकम गैरजिम्मेवार भएको बताउनु हुन्छ ।

मोबाइल टावरमा समस्या हुदा स्थानीय, त्यहाका संघसंस्था, सरकारी कार्यालय लगायतका क्षेत्रहरुमा अत्यन्तै समस्या पर्ने गर्दछ । त्यस्तै कहिलेकाही इमर्जेन्सी बिरामीको बेला त झनै यस्ले जटिल समस्य उत्पन्न हुने गर्दछ ।

त्यस्तै पछिल्लो समय हाल, रुबीभ्याली गाउँपालिकामा संचालित सुबेसुको नेटवर्कमा समेत समस्या उत्पन्न भै कार्यालयको नियमित कामकाज गर्न समस्या भै रहेको गाउँपालिकाले जनाएको छ ।