धादिङ । यहि असोज ९ गते देखि रुबीभ्यालीको सामाजिक सुरक्षा भत्ता बितरण कार्य सुरु हुने भएको छ ।
वडा न. १,२,३,५ र ६ को आर्थिक वर्ष ०८०/०८१ को चौथो किस्ता र वडा न ४ को आर्थिक वर्षा ०८१/८२ बापतको पहोलो किस्ता बितरण गरिने हुदा सम्पूर्ण सेवा ग्राहिहरुलाई तोकेको मितिमा उक्त रकम लिन आउनु हुन आव्हान गरिएको छ ।
वडा न. ३ को असोज ९ र १० गते
वडा न २ को ११ र १३ गते
वडा न १ को असोज १४ गते
वडा न ६ को असोज १५ गते
वडा न ५ को असोज १६ र १८
वडा न. ४ को असोज २० र २१ गते
माथि उल्लेखित मितिमा सबै वडाहरुको सामाजिक सुरक्षा भत्ता बितरण हुने र सम्बन्धित वडाका लाभग्राहीहरु तोकेको मितिमा आउनु हुन आग्रह गरिएको छ । र असोज २२ गते पछी आफ्नो समय अनुकूल रकम झिक्न मिल्ने छ ग्लोबल आइएमई रुबीभ्याली साखाले एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ ।
त्यस्तै वडा न. ४ को चौथो किस्ता प्राबिधिक समस्याको कारण उपलब्ध नभएको र उपलब्ध हुने समय जानकारी गराइने बताइएको छ ।