धादिङ । १८ औँ विश्व रेविज दिवसको अवसरमा सप्ताहव्यापी रेविज रोग विरुद्ध निशुल्क खोप अभियान सुरु भएको छ । जिल्ला पशु सेवा कार्यलय धादिङको आयोजना र नीलकण्ठ नगरपालिकाको पशु सेवा शाखाको प्राविधिक सहयोगमा सप्ताहव्यापी अभिायन सुरु भएको हो ।
अवरोध हटाऔँ, रेविज उन्मुलन गरौँ भन्ने मुल नाराका साथ सदरमुकाम धादिङबेशी स्थित पुछारबजारबाट अभयान सुरु गरिएको हो ।
सप्ताहव्यापी अभिायनको आज पहिलो दिन बजार क्षेत्रमा रहेका ५३ वटा सामुदायिक कुकुरमा एन्टिरेविज खोप लगाइएको नीलकण्ठ नगरपालिकाका पशु नीलकण्ठ नगरपालिकाका पशु सेवा प्राविधिक सुवास खतिवडाले जानकारी दिनुभयो ।
आइतबार देखि सुरु भएको सप्ताहव्यापी अभियान असोज १२ गतेसम्म संचालन हुने हुँदा घर पालुवा/सामुदायिक कुकुर तथा बिरालोहरुलाई निशुल्क रेविज रोग विरुद्ध खोप लगाइने भएकोले पशु सेवा कार्यलय तथा नीलकण्ठ नगरपालिका पशु शाखामा आएर खोप लगाउन अनुरोध गरिएको छ ।
सन २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मृत्युको अन्त्य गर्ने लक्ष्य रहेको हुँदा प्रत्यक बर्ष अभियानको रुपमा खोप कार्यक्रम संचालन हुँदै आएको छ।