धार्चे गा.पा. जाने सडकमा गएको पहिरोको अनुगमन, ३ दिनमा सडक मर्मत भै सुचारु हुने

गोर्खा । उत्तरी गोर्खाको स्वती माछिखोला सडकखण्डको खानिबेसिमा यस बर्ष गएको बाढि पहिरोबाट अवरोध भएको सडकको आइतबार अनुगमन गरिएको छ ।

अनुगमनमा धार्चे गाउपालिका उपाध्यक्ष सुनिला गुरुङ, प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरुको टोलि द्वारा खानिबेसि स्थीत क्षतिग्रस्त सडकको अवस्थाको अबलोकन गरिएको थियो र सडक ३ दिन भित्र मर्मत भै सुचारु हुने गाउपालिकाले जानकारी गराएको छ ।