नमुना बौद्धिक अपाङ्गता आधारभूत विद्यालयलाई स्टेशनरी र पानी छान्ने फिल्टर वितरण

धादिङ । शीतल छहारी नेपाल र लायन्स क्लब अफ धादिङ भैरवीको सहयोगमा नमुना बौद्धिक अपाङ्गता आधारभूत विद्यालयलाई स्टेशनरी तथा विशेष खालको पानी छान्ने फिल्टर वितरण गरिएको छ । नीलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको नमुना बौद्धिक अपाङ्गता आधारभूत विद्यालयलाई स्टेशनरी तथा फिल्टर सहयोग गरेको हो ।

२०६७ सालमा बौद्धिक अपाङ्गता सङ्घ स्थापना भएको र सोही बौद्धिक अपाङ्गता सङ्घको अगुवाइमा नमुना बौद्धिक अपाङ्गता आधारभूत विद्यालय स्थापना भएको बौद्धिक अपाङ्गता सङ्घ धादिङको अध्यक्ष गर्भे बहादुर मिजारले बताउनु भयो ।

बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको लागी भवन निमार्ण गर्न ६ आना जग्गा स्थानीय नन्द प्रसाद रिजालको छोरा केशव प्रसाद रिजाल द्धारा प्रदान गरी स्थायी संरचना निर्माण गरी हाल ३१ जना बौद्धिक अपाङ्ग (अटिजम तथा डाउन सिन्ड्रम) बालबालिकाहरू रहेको अध्यक्ष मिजारले जानकारी दिनु भयो ।

बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूलाई खानेपानीको राम्रो व्यवस्थापन होस भन्ने उद्देश्यले  शीतल छहारी नेपाल , नीलकण्ठ ८ धादिङद्वारा  आज एक कार्यक्रम गरी नमुना बौद्धिक अपाङ्गता आधारभूत विद्यालयलार्इ र्जमनमा बनेको PAUL कम्पनीको एक थान पानी छान्ने फिल्टर उपलब्ध गराएको शीतल छहारी नेपालका अध्यक्ष कृष्णबहादुर पौडेलले बताउनु भयो। यो फिल्टरले धमिलो पानी ब्याक्टेरिया लगायतको जीवाणु समेत छान्न सक्ने पौडेलले बताउनु भयो ।

कार्यक्रममा लायन्स क्लब अफ धादिङ भैरवीले बालबालिकाको लागी भलिबल पम्प स्पेलिङ डोरी कापी पेनशील पेन्सिल कटर लगायतको स्टेशनरी सामाग्री सहयोग गरेको थियो । सोही कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका सदस्य रामप्रसाद रिजालले नगद विद्यालयका प्र अ शर्मिला अधिकारी रिजाललार्इ रु ५००० सहयोग हस्तान्तरण समेत गर्नुभयो ।

नीलकण्ठ नगरपालिका वडा न ३ का वडा सदस्य रोशन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका सदस्य रामप्रसाद रिजालको प्रमुख आतिथ्यता तथा शीतल छहारी नेपाल धादिङका अध्यक्ष कृष्णबहादुर पौडेल गैरसरकारी संस्था महासघ धादिङका अध्यक्ष शालिकराम दुवाडी बौद्धिक अपाङ्ग अभिभावक सघका अध्यक्ष गर्भे बहादुर मिजार गैरसरकारी संस्था महासघ धादिङका सहसचिव इन्द्रमान शाक्य त्रिपुरासुन्दरी गाउपालिकाका स्वास्थ शाखा प्रमुख तथा लायन्स सदस्य यामवहादुर श्रेष्ठ ट्रेडयुनियन काँग्रेस धादिङको अध्यक्ष धुर्व रिजाल दिपा फाउन्डेसनका सदस्य गोविन्द सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

ज्वालामुखी गाउपालिका धादिङका स्वास्थ शाखा प्रमुख तथा लायन्स क्लव अफ धदिङ भैरवीका सचिव सुजन श्रेष्ठले कायक्रम सचालन गदै आगामी दिनमा पनि यस्तै सहयोग गर्दै समाज सेवामा जोडिनुहुन लायन्स सदस्यहरुलार्इ आग्रह गर्नुभयो ।