न्यू किबो बाेडिङमा ध्यान कार्यक्रम सम्पन्न: मन शान्त बनाइ, पढ्न लेख्न उत्प्रेरित गर्ने उदेश्य

धादिङ । न्यू किबो बाेडिङ स्कुलमा “आना पाना सति ध्यान कार्यक्रम” संचालन भएको छ । नेपाल विपसना ध्यान केन्द्र बुढानिलकण्ठ काठमाडौंको प्रशिक्षणमा कक्षा ८ र ९ का ६१ जना विद्यार्थीहरुलाई ध्यान सिकाएको थियो ।

कार्यक्रमको मुख्य उदेश्य मनलाई शुद्ध र शान्त परी पढ्न र लेखन उत्प्रेरित गर्नु भएको विद्यालयका शैक्षिक संयोजक सिताराम महतले बताउनु भयो । प्रशिक्षकहरुमा काठमाडौ बाट खुसीला लामा , दिपक कंडेल , बद्री , ज्ञानी शर्मा , प्रनिका भण्डारी , प्रतीक र चितवन बाट रोशन केशी हुनुहुन्थ्यो ।