लापामा दशैको अबसरमा प्रथम रुबीभ्याली गा.पा. अध्यक्ष कप हुने, प्रथम पुरस्कार ७१,१११

धादिङ । रुबीभ्याली ५ लापामा बिजय दशमी २०८१ को पावन अबसरमा रुबीभ्याली शहिद स्मृति प्रतिस्ठानको आयोजनामा  मिति २०८१ असोज २१ गते देखि २५ गते सम्म वडा स्तरीय मैन्त्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगीताको पुरस्कार राशि, प्रथम बिजयी समुहले नगद रु ७१,१११ रुपैया  प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले ४२,२२२ र तेश्रो बिजयी समुहले नगद रु २३,३३३ रुपैया नगद पुरस्कार सहित शिल मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

टिम दर्ता गर्ने अन्तिम मिति २०८१ असोज १९ गते सम्म रहेको छ । थप जानकारीको लागि आयोजक टिमलाई सम्पर्क गर्न सकिने छ ।

खेल सयोजक प्रयास घले
सम्पर्क नम्बर ९८६१५०११२०/९८६२११६२३९