लापामा दशैको अबसरमा प्रथम रुबीभ्याली गा.पा. अध्यक्ष कप हुने, प्रथम पुरस्कार ७१,१११

धादिङ । रुबीभ्याली ५ लापामा बिजय दशमी २०८१ को पावन अबसरमा रुबीभ्याली शहिद स्मृति प्रतिस्ठानको आयोजनामा मिति २०८१ असोज २१ गते देखि २५ गते सम्म ‘रुबीभ्याली गा.पा. अध्यक्ष कप’ वडा स्तरीय मैन्त्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगीताको पुरस्कार राशि, प्रथम बिजयी समुहले नगद रु ७१,१११ रुपैया प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले ४२,२२२ र तेश्रो बिजयी समुहले नगद रु २३,३३३ रुपैया नगद पुरस्कार सहित शिल मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

टिम दर्ता गर्ने अन्तिम मिति २०८१ असोज १९ गते सम्म रहेको छ । थप जानकारीको लागि आयोजक टिमलाई सम्पर्क गर्न सकिने छ ।

खेल सयोजक प्रयास घले
सम्पर्क नम्बर ९८६१५०११२०/९८६२११६२३९