न्यु किबो बोर्डिङले “विश्व प्राथमिक उपचार दिवस” विभिन्न प्राथमिक उपचारको अभ्यास गरि मनाइयो

धादिङ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको समन्वय र युवा रेडक्रस सर्कल न्यु किबो बोर्डिङको आयोजनामा आज विश्व प्राथमिक उपचार दिवसको अबसरमा न्यु किबो बोर्डिङमा प्राथमिक उपचार सम्बन्धि विभिन्न अभ्यासहरु गरि विश्व प्राथमिक उपचार दिवस मनाइएको छ ।

विद्यालयको अतिरिक्त क्रीयाकलाप संयोजक अनुप भट्टका अनुसार युवा रेडक्रस सर्कल, न्यु किबो बोर्डिङको अध्यक्ष सन्जिवनी श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा, नेपाल रेडक्रस सोसाइटी, धादिङ जिल्ला शाखाका महामन्त्री, मिम बहादुर श्रेष्ठ प्रमुख अतिथी, नेपाल रेडक्रस सोसाइटी, धादिङ जिल्ला शाखाका अध्यक्ष दुर्लभ कुमार तामाङ विशिष्ट अतिथी, विद्यालय प्रीन्सीपल तथा युवा रेडक्रस सर्कल, न्यु किबो बोर्डिङ संरक्षक, अतिथी र नारायण कुमार श्रेष्ठ लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी विद्यालयको प्रीन्सीपल तथा यु. रे. स., न्यु किबो बोर्डिङ, संरक्षक प्रयास रेग्मिले केही समय अघि सम्पन्न न्यु किबो बोर्डिङमा नै सम्पन्न भएको दुई दिने प्राथमिक उपचार सम्बधी तालिमलाई पुनर्ताजगी गराउने उदेश्यले यस कार्यक्रम गर्न फेरि पनि न्यु किबो बोर्डिङलाई अबसर दिएकोमा नेपाल रेडक्रस सोसाइटी, धादिङ जिल्ला शाखालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्न विद्यालयलाई सहयोग र समन्वय गरिदिनको लागि नेपाल रेडक्रस सोसाइटी, धादिङ जिल्ला शाखालाई अपिल गर्नु भएको छ ।