कश्मीरमा आतङ्कवादी र सुरक्षा बल बिच भिडन्त : २ सैनिक मारिए, २ घाइते

अन्तरास्ट्रिय खबर । जम्मू-कश्मीरको किश्तवाडको चतारुमा शुक्रबार आतङ्कवादी र सुरक्षा बलबिचको भिडन्तमा दुई सैनिकको मृत्यु भएको छ। मारिनेमा ह्वाइट नाइट कर्पसका नायब सुबेदार विपिन कुमार र सिपाही अरविन्द सिंह रहेका छन् ।

घाइते थप दुई सैनिकको उपचार भइरहेको छ । पिंगनाल दुग्गडाको जंगलमा लुकेर बसेका ३–४ आतङ्ककारीलाई सुरक्षा बलले घेरेको छ । मुठभेड अझै जारी छ।

चत्रु बेल्टको नैदघाम क्षेत्रमा तीन जैश-ए-मोहम्मद आतङ्ककारीहरूको उपस्थितिको बारेमा गुप्तचर प्राप्त भएपछि सुरक्षा बलहरूले खोज अभियान सुरु गरेका थिए। त्यसपछि मुठभेड सुरु भएको थियो ।

उता शुक्रबार राति नै बारामुलाको चक टेप्पर क्रिरी पट्टन क्षेत्रमा पनि भिडन्त सुरु भएको छ । कश्मीर जोन पुलिसले एक्समा एक पोस्टमार्फत यो जानकारी दिएको छ। दुई दिनअघि उधमपुरमा सुरक्षा बलसँगको भिडन्तमा दुई आतङ्ककारी मारिएका थिए । 

जम्मू कश्मीर विधानसभा चुनावको पहिलो चरणको मतदान सेप्टेम्बर १८ मा हुँदैछ। त्यसैले सुरक्षा निकायलाई अलर्टमा राखिएको छ ।