नेपाल दलित पत्रकार संघ धादिङको अध्यक्षमा सुशीला विश्वकर्मा चयन

काठमाडौ । नेपाल दलित पत्रकार संघ जिल्ला समिति धादिङको अध्यक्षमा सुशीला विश्वकर्मा निर्वाचित हुनुभएको छ ।

भाद्र २८ गते  धादिङबेसीमा सम्पन्न संघको दोश्रो अधिवेशनले सुशीला विश्वकर्माको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन भएकाे हो ।

कार्यसमितिको उपाध्यक्षमा रोशनी नेपाली, सचिवमा मनिषा विश्वकर्मा, कोषाध्यक्षमा रोशन वयलकोटी चयन हुनुभएको छ ।