नेपाल तमु गुरूङ विधार्थी छोंज धी धादिङको जिल्ला सम्मेलन सम्पन्न: अध्यक्षमा रेखबहादुर गुरुङ

धादिङ । नेपाल तमु गुरूङ विधार्थी छोंज धी जिल्ला कार्य समिति धादिङको अध्यक्षमा रेखबहादुर गुरुङ चयन हुनुभएको छ।

शनिबार धादिङबेसीमा भएको छैंटौ जिल्ला अधिवेशनले रेखबहादुर गुरुङको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नव गठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मनु गुरुङ, उपाध्यक्षमा पृथ्वी गुरुङ, सचिवमा प्रशान्त गुरुङ, कोषाध्यक्षमा विन्दु गुरुङ चयन हुनुभएको छ ।

अधिवेशनाट संगठन विभाग प्रमुखमा विशाल गुरूङ, प्रचार प्रसार प्रमुखमा शिशिर गुरूङ, शैक्षिक विभाग प्रमुखा पासाङ गुरूङ चयन हुनुभएको छ ।

यस्तै भाषा साहित्य विभाग प्रमुखा सुशिल गुरूङ, महिला विभाग प्रमुखमा रोजिना गुरूङ चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा अप्सना गुरूङ, अमृता गुरूङ, सुजता गुरूङ, दिपिका गुरूङ, सलिन गुरूङ, विनिता गुरूङ, मनिका गुरूङ रहनुभएको छ ।

निवर्तमान अध्यक्ष अनिल तमुको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनको उद्घाटन समारोहमा नेपाल तमु गुरूङ विधार्थी छोंज धीका केन्द्रिय कोषाध्यक्ष रोहित गुरुङको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा सहभागी तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय सदस्य गणेश गुरुङ, जिल्ला अध्यक्ष शंकर गुरुङ लगायत गुरुङ जनप्रतिनिधिहरुले जिल्लाभरका गुरुङ विद्यार्थीहरुलाई आवद्ध बनाएर अघि बढ्नुपर्ने भनाई राख्नुभएको थियो ।

रचनात्मक तथा सिर्जनात्मक कार्य गर्दै विद्यार्थीको हक अधिकार सुनिश्चतताको लागि अघि बढ्ने नव निर्वाचित अध्यक्ष रेख बहादुर गुरुङले प्रतिवद्धता जनाउनुभएको छ ।

गुरुङ समुदायको बसोबास रहेको स्थानिय तहमा संगठन विस्तारलाई पहिलो प्राथमिकतामा राख्दै विद्यार्थीहरुको क्षमता विकासका कार्यक्रमहरु गर्दै जाने उहाँले बताउनुभयो ।