देशभर ७८ जनामा हैजा संक्रमण पुष्टि

काठमाडौँ । देशभर ७८ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर हैजा संक्रमित सङ्ख्या ७८ जना पुगेपनि अस्पताल भर्ना नरहेको जनाइएको हो ।

संक्रमितमध्ये ललितपुरका मात्र ५१ जना रहेका छन् । यस्तै, काठमाडौँमा १२ जना, कैलालीमा ८ जना, प्युठान २ जना, मकवानपुर १ जना र रोल्पाका ४ जना रहेका छन् । यी सबै बिरामी निको भइसकेका ईडीसीडीले जनाएको छ ।

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।