न्यू किबो बोर्डिङ द्वारा तीज विशेष नृत्य प्रतियोगिता र एसईईमा उत्कृष्ट बिद्यार्थीलाई सम्मान

धादिङ । न्यू किबो बोर्डिङ स्कुलले नेपालीहरु महिलाहरूको एक प्रमुख चाडको अबसरमा तीज विशेष नृत्य प्रतियोगिता र एस. ई. ई. २०८० को परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएका बिद्यार्थीहरुलाई सम्मान तथा बिदाई कार्यक्रम गरेको छ ।

अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार कक्षा एल.के.जी. देखि कक्षा नौ सम्म भएको नृत्य प्रतियोगितामा कक्षा एल.के.जी. तर्फ जस्मीन प्रथम हुदा, एल. के. जी.को लिल्ली दोस्रो भएको छ भने कक्षा यु. के.जी. तर्फ एल. के . जी. म्यारीगोल्ड प्रथम हुदा, यु. के. जी. जस्मिन दोस्रो भएको छ भने एल. के. जी. लिल्ली तेस्रो हुन सफल भएको छ ।

त्यसैगरी, कक्षा एक तर्फ (One moon) प्रथम र (One Sun) दोस्रो हुन सफल भएको छ । त्यसैगरि कक्षा दुई र तीन तर्फ कक्षा ३ प्रथम र कक्षा २ दोस्रो हुन सफल भएको छ ! कक्षा ४, ५, र ६ तर्फभने कक्षा ६ प्रथम हुदा कक्षा ५ दोस्रो भएको छ ! त्यसैगरी कक्षा ७, ८ र ९ तर्फ भने कक्षा ९ प्रथम हुदा कक्षा ८ द्दितिय हुन सफल भएको छ !

सोहि कार्यक्रममा एस.ई. ई. मा ४ जि. पि. ए. सहित जिल्ला प्रथम हुन सफल बिद्यार्थी भाइबहिनीहरुलाई विशेष सम्मान र बिदाइ समेत गरिएको छ !

न्यु किबो बोर्डिङले बिद्यार्थीहरुको इच्छा र चाहना र समय अनुकुल आवस्यकता अनुसारको विभिन्न प्रकारका कार्यक्रमहरु गर्दै आइरहेको विधालायका प्रिन्सिपल प्रयास रेग्मिले बताउनुभयो !