छिमी मम्बाको “हाम्रो रुबीभ्याली” गीतको म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

धादिङ । रुबीभ्याली गाउपालिकाको चित्रण गरिएको गायक छिमी मम्बा तामाङको लोकप्रीय अडियो गीत “हाम्रो रुबीभ्याली”को म्युजिक भिडियो मगलबार सावार्जिक गरिएको छ ।

रुबीभ्याली गाउपालिकाको साबिकको गाविसहरु लापा, सेर्तुङ र तिप्लिङको बिभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुमा छायांकन गरिएको यस भिडियोले गाउपालिकाको परिचय सहित पर्यटकीय प्रबर्द्धनमा सहयोग पुग्ने गरि उत्पादन गरिएको छ । त्यस्तै दर्शक श्रोताहरुलाई गीत मार्फत नै रुबिभ्याली घुम्न आउन अनुरोध गरिएको छ । भिडियो रुबीभ्यालीको प्रमुख पर्यटकीय स्थलहरु सिङ्ल्हा पाङसाङ पास लगायतको स्थलहरुमा समेत छायांकन गरिएको छ । त्यस्तै गणेश हिमाल, प्याल्दोर पिक लगाएतको स्थानहरु समेत देखाइएको छ भने रुबीभ्यालीको कला सस्कृति रीतिरिवाजलाई समेत प्रष्ट संग झल्काइएको छ ।

छिमी म्म्बा द्वारा लिखित उक्त गीतमा तारा श्री मगरको स्वरमा रहेको छ भने प्रमुख नृत्यमा रन्जिता तामाङ्गको रहेको छ । त्यस्तै भिडियोको क्यामरा, ड्रोन तथा सम्पादक रोशन फ्युबा तामाङ्गले गर्नु भएको छ । संगीत देब राज आले मगरको रहेको छ भने भिडियोको कोरियो ग्राफर सिंह बहादुर तामाङको रहेको छ ।