न्यु किबो बोर्डिङले व्यबहारीक शिक्षामा जोड दिदै: कपडामा टांक लगाउन सिक्दै विद्यार्थीहरु

धादिङ । नीलकण्ठ ३ पुछार बजार स्थित न्यु किबो बोर्डिङ स्कुलले विगतको हप्तामा झै यो हप्ता पनि विभिन्न क्रियाकलापहरु गरेर शुक्रबारलाई बुक फ्री फ्राइडेको रुपमा मनाएको छ !

अतिरिक्त क्रीयाकलाप अनुप भट्टका अनुसार प्री- प्राइमरी अन्तर्गत विभिन्न थिममा आधारित रहेर कलरीङ(Colouring) कार्यक्रम, कक्षा १ र २ का विधार्थी भाइबहिनीहरुलाई (Reading Competition) र कक्षा ३ देखि ९ सम्मका विधार्थीहरुले कपडामा सियो र धागोको प्रयोगबाट कसरी टाँक लगाउने भनेर सिक्दै जीवनउपयोगी सिपलाई शैक्षिक क्रियाकलापमा जोडदै शुक्रबारलाई विशेष बनाइएको छ ।

त्यस्तै गरि यस्ता व्यबहारीक र जीवनउपयोगी शिक्षा वर्तमान समयमा अपरिहार्य रहेकोले न्यु किबो बोर्डिङले यस्ता क्रीयाकलापमा जोड दिदै आएको कुरा विद्यालयका प्रीन्सीपल प्रयास रेग्मिले बताउनु भयो !