अवैध रूपमा अमेरिका जान हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

काठमाडौँ । अवैध रूपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन् ।

ब्राजिलस्थित नेपाली दूतावासले पनि १७६ जना नेपाली साओपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको पुष्टि गरेको छ । सबै सकुशल रहेको र आवश्यक मानवीय सहायता पुर्‍याउने दूतावासले जनाएको छ ।मानव तस्करहरूको समूहले अवैध रूपमा अमेरिका प्रवेश गराउने भन्दै ब्राजिल लगायतका दक्षिण अमेरिकी देशहरू पुर्‍याउने गरेका छन ।

पछिल्लो समय ब्राजिलले नेपाल लगायतका केही देशका राहदानी बाहकलाई प्रवेशाज्ञा लिएको भए मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ ।

अब नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, त्यसरी नगएमा विमानस्थलबाट फर्काउनेछ । ‘विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइसकेको छ’, नेपाली दूतावासले भनेको छ ।

साथै दूतावासले जायज कारण भए पुष्टि हुने कागजात र प्रवेशाज्ञा पदएर मात्र ब्राजिल आउन वा ब्राजिल भएर अरु अरु देशको भ्रमणमा जान अनुरोध समेत गरेको छ ।