क्षतिग्रस्त थोपल खोला कजवे पुलको अस्थायी मर्मत कार्य सुरु

धादिङ । धादिङबेसी पुछार बजार स्थित थोपलखोलाको कजवे पुलको पशुपति मन्दिरतर्फको भाग गत रातिको बर्षासंगैको बाढिले बगाएको थियो । उक्त कजवेको नीलकण्ठ उपमेयर दिपक बिस्वकर्माको नेतृत्वमा अस्थायी मर्मत कार्य सुरु भएको छ ।

बाढीले कजवे र जमीन छुट्टिए सगौ दैनिक ३ सयको हाराहारीमा सवारी साधन गुड्ने र हजार भन्दा धेरै नागरिक हिंडडुल गर्ने उक्त सडकमा यातायात सम्पर्क टुटेको थियो ।

तत्काल स्थानीय नागरिकलाई आवतजावत गर्न सहज बनाउन उपमेयर दिपक बिस्वकर्माको नेतृत्वमा अस्थायी मर्मत कार्यको थालनी भएको र आजै बाट उक्त सडक संचालनमा आउने बताइएको छ ।