अखिल क्रान्तिकारी नीलकण्ठ नगरको दोस्रो सम्मेलन सम्पन्न: अध्यक्षमा किरण खाती चयन

धादिङ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी)नीलकण्ठ नगर कमिटीको दोस्रो सम्मेलन तथा कक्षा १२ मा उतीर्ण भएका विद्यार्थीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार जिल्ला समन्वय समिती धादिङको सभाहलमा भव्य कार्यक्रमको आयोजना गरि नीलकण्ठ नगर कमिटीको अध्यक्ष श्रीकृष्ण रिजालको सभाध्यक्ष नेकपा माओवादी केन्द्र जिल्ला ईन्चार्ज एवं संविधान सभा सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमको विशिष्ठ अतिथिमा माओवादी केन्द्र जिल्ला संयोजक तथा सहिद स्मृति सञ्चार सहकारी सस्था लिमिटेडका अध्यक्ष मनराज भण्डारी, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवलय सदस्य एवं नीलकण्ठ नगर पालिकाका उपप्रमुख दिपक विश्वकर्मा,जिल्ला सल्हाकार समितीका संयोजक केशरी प्रसाद पन्त, अखिल क्रान्तिकारी केन्द्रिय सचिव विमल तामाङ,जिल्ला ईन्चार्ज उपेन्द्र जमरकटेल, नीकण्ठ नगर कमिटी अध्यक्ष शम्भु कुमार श्रेष्ठ लगायतको रहेको थियो ।

उक्त जिल्ला सम्मेलनबाट किरण खातीको अध्यक्षतामा ३६ सदस्यीय नगर कमिटी निर्वाचित गरिएको छ । जसको उपाध्यक्षमा सर्मिला तामाङ, सुवास श्रेष्ठ, सचिवमा संगीत तामाङ , सहसचिव सन्देश गौतम, अनोज धमला र कोषाध्यक्षमा प्रथा तामाङ निर्वाचित हुनुभएको छ ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवलय सदस्य एवं नीलकण्ठ नगर उपप्रमुख दिपक विश्वकर्माले संबृद्ध समाज बिकास निर्माणको आधार स्तम्भ भनेको विद्यार्थी संगठन भएकाले विद्यार्थीको माग र मुद्धालाई सधैँ स्थापित हुने गरि अखिल क्रान्तिकारी नीलकण्ठ नगर कमिटीले कार्य सञ्चालन गर्न सम्पुर्ण विद्यार्थी वर्गलाई आग्रह गर्नुभयो ।

त्यस्तै जिल्ला संयोजक मनराज भण्डारी शैलेसले समाजमा विद्यामान रहेका शोषण, दमन, उत्पीडीत जाति वर्ग समूदायका सम्पुर्ण वालावालिकालाई गुणस्तरी निःशुल्क तथा अनिवार्य शिक्षा प्रदान गर्न अखिल क्रान्तिकारी नीलकण्ठ नगर कमिटीले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्र जिल्ला सल्हकार समिती संयोजक केशरी प्रसाद पन्तले देशको आमूल परिवर्तनसंगै जनप्रिय व्यवस्था ल्याउन सम्पुर्ण युवा विद्यार्थीको सकरात्मक सोच र बृहत्तर संगठन निर्माणले सम्भव भएको हुदा अखिल क्रान्तिकारी विद्यार्थीहरु मिहेनती अनुशासित र शहि मार्गमा लम्कन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रमको प्रमुख अथिति पुष्प विक्रम मल्लले अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा गोलबन्द भएपछि अनुशासित, क्रान्तिकारीयुक्त, अध्ययनमा लगनशीलता, मिहेनती र संगठन निर्माणमा ससक्त भूमिका निभाउन सक्नुपर्ने बताउनुभयो ।

विश्वको ठुलाठुला परिवर्तनका महान क्रान्तिहरु युवा विद्यार्थीको एकता र संगठनले सम्भव भएको उल्लेख गर्नुहुँदै अहिलेका पुस्ताका युवाहरु गलत संगत र कुलतमा नफस्न आग्रह गर्नुभयो । युवा विद्यार्थीले राजनैतिक सामाजिक आर्थिक लगायत विश्वका घटना परिघटनाको अध्ययन गर्नुपर्ने बताउनुभयो । अखिल क्रान्तिकारी नीलकण्ठ नगर कमिटीलाई पार्टीको तर्फबाट हरसमय साथ र सहयोग हरने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रमकै अवसरमा कक्षा १२ मा उतीर्ण भएका विद्यार्थीहरुलाई प्रशंसा पत्रद्धारा सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रममा माओवादी केन्द्र जिल्ला स्तरका नेताहरु,विद्यार्थी तथा वाईसियलका प्रमुख तथा प्रतिनिधी लगायत अखिल क्रान्तिकारी विद्यार्थी सदस्यहरुको भव्य सहभागी रहेको थियो ।