स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा नीलकण्ठ न. पा. र बेनिघाट रोराङ गा.पा. प्रथम

काठमाडौ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनको नतिजा सार्वजनिक गर्दै उत्कृष्ठ स्थानिय निकायहरुलाई सम्मानित गरेको छ । मन्त्रालयले धादिङको नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिका सहित अन्य दुई गाउँपालिका र २ नगरपालिकालाई सम्मान गरेको हो ।
बिहिवार मन्त्रालयमा आयोजित नतिजा सार्वजनिक तथा सम्मान कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रलायका सचिव भरतमणि सुवेदीले उत्कृष्ठ स्थानिय निकायहरुलाई सम्मान पत्र प्रदान गरे ।

तिनै तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरि शासकिय सुधारमा अग्रसर गराउनका लागी अभ्यासमा ल्याईएको स्थानिय तहको संस्थागत क्षमता स्वमुल्यांकनको आर्थिक वर्ष २०७९÷८० को मुल्यांकनमा ८७.२५ अंक सहित गाउँपालिकाहरु मध्ये प्रथम स्थान हाँसिल गरेकोमा बेनीघाट रोराङ्ग गाउँपालिकालाई सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा सम्मान पत्र ग्रहण गर्न बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण वहादुर थपलिया (विवेक), प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे तथा बरिष्ठ लेखा अधिकृत सन्तोष अर्याल र ईन्जिनियर प्रकाश सिलवाल उपस्थित थिए । भने नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुबेदी, नगरपालिका सल्लाहाकार लगाएत जनप्रतिनिधि, कर्मचारी सहभागी भएका थिए ।