नीलकण्ठ नगरपालिका १० स्थित ढकालगाउँको ५ घर पहिरोले उच्च जोखिममा

तस्विर साकेतिक

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर १० ढकाल गाउँका ५ घर परिवार पहिरोको जोखिममा परेका छन् ।

अविरल वर्षाका कारण गाउँ भन्दा तलको भागमा पहिरो जान थालेपछि माथिल्लाे भागकाे बस्ति नै जोखिममा परेको हो । गाउँ भन्दा तलबाट पहिरो खस्नले जनधनको क्षति हुने डरका कारण ढकाल गाउँका स्थानियहरू त्रसित रहेको स्थानिय शिक्षक श्याम ढकालले जानकारी दिनुभयो ।

गाउँ भन्दा तलको भागबाट लेदो तथा ढुङ्गाहरु बग्ने गरेकोले तल्लाे वस्ति समेत जाेखिममा परेकाे ढकालले बताउनुभयो।

पहिराेका कारण हनुमान डाँडा भारमाले सेउलि सडक समेत अवरूद्व छ । माथिवाट खसेकाे पहिराेका कारण जनभावना आधारभुत विद्यालयमा अध्यान्यरत विद्यार्थीहरू समेत विद्यालय जान सकेकाे छैन्न