सिङ्ल्हामा आयोजित बृहत म्हेन्दोमाया प्रतियोगिता सम्पन्न: किस्पाङ ‘4A’ समुह प्रथम हुन सफल

काठमाडौ । धादिङ, नुवाकोट र रसुवाको सिमानामा रहेको प्राकृतिक सौदर्यले अत्यन्तै रमणिय ठाउ सिङ्ल्हा रुप्चेतमा मौलिक कला सस्कृति र पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले म्हेन्दोमाया कलाकार सघ केन्द्र द्वारा आयोजित बृहत म्हेन्दोमाया प्रतियोगिता २०८१ भाद्र २,३ गतेको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

प्रतियोगितामा प्रथम किस्पाङ 4A समुह, दितिय रुबिभ्याली, र तृतीय किस्पाङ 4B समुह हुन सफल भएको आयोजक टिमले जानकारी गराउनु भयो । प्रतियोगितामा धादिङको रुबीभ्याली, नुवाकोटको किस्पाङ, मेगाङ लगायतको गाउँपालिकाहरु बाट सहभागी भएका थिए ।

खनियाबास गाउँपालिका प्रमुख रण ब. तामाङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको बिशेस अतिथि नेपालि काग्रेसको पुर्व क्षेत्रीय सभापति योग बहादुर तामाङको रहेकोे थियो । त्यस्तै निर्णायक मण्डलहरुमा सागर एस वाईबा, लेख योन्जन, रमला पाख्रिन र राज किङ वाईबा रहनु भएको थियो ।

कार्यक्रममा विभिन्न गाउँपालिकाको वडा सदस्यहरु, राजनितिक दलका प्रतिनिधिहरु सहित नुवाकोट धादिङका स्थानीयहरुको बाक्लो उपस्थितिमा भब्य रुपमा सम्पन्न भएको थियो ।

            सबैलाई धन्यवाद ,   जय म्हेन्दोमाया 🙏❤️
                म्हेन्दोमाया कलाकार सघ परिवार