इजरायलले युद्ध विरामको प्रस्ताव स्विकार्‍यो, हमासलाई पनि स्वीकार गर्न आग्रह

अन्तर्राष्ट्रिय खबर । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजामा युद्ध विरामसम्बन्धी प्रस्ताव स्वीकारेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायली प्रधानमन्त्री  नेतन्याहुले गाजामा युद्ध विरामसम्बन्धी प्रस्ताव स्वीकारेको बताएका हुन् । 

गाजामा युद्ध विरामको सम्झौतामा अवरोध बनेका विषयमा  समाधान गर्न अमेरिकाले पेस गरेको प्रस्तावलाई इजरायलले स्वीकारे गरेको ब्लिङ्केन जनाएका छन् । हमासलाई पनि प्रस्ताव स्वीकार गर्न अमेरिकाले आग्रह गरेको छ । 

एक दिनभरि इजरायली अधिकारीहरूसँग छलफल र वार्तापछि ब्लिङ्केनले पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा इजरायल जस्तै प्रस्ताव स्वीकार गर्न हमाससँग अनुरोध गरे ।  

त्यतिबेला ब्लिङ्केनले नेतन्याहुसँग पनि अढाई घण्टा  जति भेटवार्ता पनि गरेका थिए । यो प्रस्ताव अहिलेसम्मकै उत्कृष्ट भएको र सम्झौताका लागि यो अन्तिम अवसर हुन सक्ने ब्लिङ्केनले बताएका छन् । 

गएको हप्ता कतारमा युद्ध विराम र बन्दीहरूलाई रिहा गर्नेबारे भएको वार्ता निस्कर्षवीहीन सकिएको थियो । तर इजरायल र हमासबिचको मतभेद पुर्ने अमेरिकी प्रस्तावका आधारमा यो हप्ता वार्ता सुचारु हुने आशा गरिएको छ ।

इजरायलअमेरिका