प्रदेश सरकारको अनुदाम नुवाकोटको एक विद्यालयलाई बस हस्तान्तरण

नुवाकोट । नुवाकोटको पिपलटारस्थित एक सामुदायिक विद्यालयलाई अनुदानमा स्कुल बस प्राप्त भएको छ। विदुर नगरपालिका-५ पिपलटारमा रहेको चन्द्रज्योति माध्यामिक विद्यालयलाई बागमती प्रदेश सरकारले अनुदानमा एउटा बस उपलब्ध गराएको हो।

कार्यक्रमका बीच उपलब्ध विद्यालय बसको साँचो विदुर नगरपालिका-५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले बस चालकलाई हस्तान्तरण गरे। ४० सिट क्षमताको बस सो विद्यालयलाई बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री तथा वर्तमान मुख्यमन्त्री  बहादुरसिंह लामा तामाङको विशेष पहलमा  प्राप्त भएको विद्यालयका प्रअ वासेदेव पनेरुले बताए।

सो विद्यालयमा तीन सय १५ जना विद्यार्थी अध्ययनरत रहेका छन्। विद्यालयलाई बस सञ्चालनार्थ मासिक रूपमा एक लाख रुपैयाँ खर्च लाग्ने अध्यक्ष छत्रराज डंगोलले बताए। यसका लागि पूर्व विद्यार्थी रामकुमार डंगोलले  एक महिनाका लागि एक लाख रुपैयाँ विद्यालयलाई  सहयोग गर्ने घोषणा गरेका छन्।