आज ६ वटा प्रदेशमा भारी वर्षा हुने: सचेत रहन आग्रह

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

हाल  देशभर साधारणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

आज दिउँसो कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।  लुम्बिनी, कर्णाली, सुदूरपश्चिम ,कोशी, बागमती र गण्डकी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाई छ।

राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुनेछ।  महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा र कोशी प्रदेशको एक-दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ।

आइतबार पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा तथा गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ।

सोमबार कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी,पहिरो तथा भू-क्षय जस्ता प्रकोपको तिबाट बच्न र सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।