धादिङबेसी बजारमा ‘सेभेन्थ-डे एडभेन्टिष्ट चर्च नेपाल’ नामको नयाँ मण्डलीको उद्घाटन

धादिङ । धादिङ जिल्लामा इसाइ समुदायको एक नयाँ मण्डली स्थापना गरिएको छ । निलकण्ठ नगरपालिका वडा न -३ स्थित होटेल निश्चलको सभा हलमा एक कार्यक्रम गरि धादिङ मा सेभेन्थ-डे एडभेन्टिष्ट चर्च नेपाल धादिङ नाम राखेर उद्घाटन गरिएको सन्दीप तामाङले होराईजन खबरलाई जानकारी दिनु भयो  ।

कार्यक्रममा प्रमुख अतिथि सेभेन्थ डे एडभेन्टिष्ट चर्चका केन्द्रिय अध्यक्ष एवम बागमति प्रदेश प्रमुख रेभेरेन्ट पास्टर शमुएल शर्मा (सुमन )ले रिवन काटेर उदघाटन गरिएको थियो ।

शर्माले चर्चको परिभाषा चर्चको कार्य योजना उदेश्य समेत प्रस्तुत गर्नु भएको थियो । २०७८/११/४/ गते नेपाल सरकार संग बैधानिक रुपमा दर्ता गरि धार्मिक सेवा संगति गर्न पाउने अनुमति समेत प्राप्त गरिएको उक्त चर्च नेपालको विभिन्न ठाउँ र जिल्लाहरुमा पनि स्थापना भै सकेको छ । सत्य वचन बाइबल अनुसार जिउने सिधाान्त रहेको र बाइबल अनुसार चल्ने र नियम रहेको कुरा उहाले बताउनु भएको थियो ।

त्यस्तै बागमति प्रदेश कमिटी सल्लाहकार जीवन शाहले वचन दिनु हुँदै बधाई दिनु भएको थियो । उक्त कार्यक्रममा धादिङ जिल्लाका विभिन्न मण्डलीका पास्टर आगुवा र दाजुभाइ दिदिबहिनी हरुको बाक्लो उपस्थिति रहेको थियो भने विभिन्न मण्डलीका पास्टर अगुवाहरुले शुभकामना मन्तव्यहरु राख्नु भएको थियो ।