धादिङ । महावीर पहिरोका कारण उत्तरी धादिङको रुवी भ्याली, खनियाबास, र गंगाजमुना गाउँपालिकाका जनताको यात्रा जोखिममा पर्नु को साथै यातायातको साधन आवतजावत लाई पनि बाधा पुर्याएको छ । दामन पाख्रीन राज मार्ग अन्तर्गत पर्ने उक्त सडक खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रुबि भ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले मंगलबार पहिरो क्षेत्रको अवलोकन गर्दै समस्या समाधानका लागि तत्काल उपाय खोज्नुपर्ने बताएका छन्। उहाँले पहिरोको जोखिमलाई कम गर्न सडक मर्मतको सट्टा भिर फोरेर नयाँ र दिगो बाटो निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ।

सडक बन्द भएपछि स्थानीयले खाद्यान्न र औषधिको अभावको सामना गरिरहेका छन्। स्थानीयले स्थानीय सरकार र सडक विभागको ध्यानाकर्षण गराउँदै, पहिरो रोकथाम र दीर्घकालीन समाधानका लागि कदम चाल्न आग्रह गरेका छन्।