सिङ्ल्हा मानेमा भदौ २ गते म्हेन्दोमाया प्रतियोगिता हुँदै

धादिङ । नुवाकोट, धादिङ र रसुवाको संगम स्थलको रुपमा परिचित सिङ्ल्हा मानेमा आगामी भाद्र २ गते म्हेन्दोमाया दोहोरी प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा मौलिक तामाङ भाषा र संस्कृतिमा आयोजना गरिने बताइएको छ ।

तामाङ जातीको गरिमा र महत्व बोकेको यस सुन्दर भूमीमा म्हेन्दोमाया प्रतियोगिता म्हेन्दोमाया कलाकार संघ नेपाल केन्द्रिय कार्य समिति, काठमाडौंले आयोजना गर्ने भएको हो । यस म्हेन्दोमाया प्रतियोगितामा सहभागी बन्नका लागि प्रवेश शुल्क वापत रु. ५००० (पाँच हजार) लाग्ने छ ।

प्रतियोगितामा प्रथम स्थान पुरस्कार राशी रु.३०,०००, दोश्रो स्थान पुरस्कार राशी रु.२०,००० र तेश्रो स्थान पुरस्कार राशी रु. १०,००० सहित प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक समितिले बताएका छन् ।

यस दिन विशेष गरी सबैतिरबाट तामाङ जातीका बोन्बोहरु सिङ्ल्हा मानेमा उपस्थित भई विधिपूर्वक रीत पुर्याएर प्राकृतिक पुजा गर्ने प्रचलन रहेको छ । समग्र तामाङ समुदायले सिङ्ल्हा मानेमा श्रष्ठा र भक्ति पूर्वक पूजाआजा गर्दै आइरहेको पाइन्छ ।