खनियाबासको ल्याक्चेकुण्डमा पौडी प्रतियोगिता सम्पन्न: बिजेताहरुको नामावली सहित

धादिङ । खनियाबास गाउँपालिका ३ कुरीको ल्याक्चेकुन्डमा अघिल्ला बर्षहरुमा झै यो पटक पनि पौडी प्रतियोगिता आयोजना गरि सम्पन्न भएको छ ।

ल्याक्चेकुन्ड संरक्षण समाजको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न उमेर समुहका ४३ जना महिला तथा पुरुषहरुको सहभागीता रहेको जल तामाङले होराईजन खबरलाई जानकारी दिनु भयो ।

प्रतियोगितामा बिजेताहरु पुरुष तर्फ १० – १५ बर्षको उमेर समूह अन्तर्गत क्रमश प्रथम , दोश्रो र तेस्रो हुन सफल अमन तामाङ, विवेक तामाङ र बिमन तामाङ रहेका छन ।

त्यस्तै १६ देखि २० बर्ष उमेर समुहमा क्रमशः सरुन तामाङ , छिरिङ तामाङ र लेक मान तामाङ रहेकाछन भने २१ देखि ३० बर्षको उमेर समुहमा क्रमश सुवास तामाङ, रिदम तामाङ, मेवाङ तामाङ रहेका छन ।

त्यस्तै ४० बर्ष भन्दा माथीका पुरुष प्रतियोगीहरुमा बिजेताहरु क्रमश राजु बहादुर तामाङ, वीर ब. तामाङ र सुक बहादुर तामाङ रहेका छन ।

महिला तर्फ भने एक समुह मात्रै रहेकोमा प्रथम बर्षा तामाङ दोस्रो मौसमी तामाङ र तेस्रो कृपा तामाङ हुन सफल भएका छन ।

भने हाडि फुटाई तर्फ भने एकमात्र पुर्णिमा तामाङ प्रथम हुन सफल भएकी छिन ।

कार्यक्रमको अध्यक्षता जल बहादुर तामाङको रहेको थियो भने प्रमुख अतिथि खनियाबास उपाध्यक्ष सेक्केमान तामाङ हुनुहुन्थ्यो त्यस्तै विशेष अतिथीमा सोही वडाका अध्यक्ष कमानसिङ तामाङ हुनुहुन्थ्यो ।