दुबईको डार्क सिटीमा जीबी राई रहेको दाबी

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धान र छानबिन भइरहेका गृहमन्त्री रवि लामिछानेका पार्टनर जीबी राई संयुक्त राज्य इमिरेट्स (युएई)मा रहेको क्यानडा नेपाल अनलाइनले सूचना प्राप्त गरेको छ। 

संसदीय छानबिन समिति सक्रिय भई काम थालेको दिन नै उनी युएईको एक स्थानमा दिनको ३ सय दिराम तिरेर बसेको पत्तो लागेको हो।

अन्तर्राष्ट्रिय स्रोतका अनुसनर जीबी राई लेबर क्याम्पमा बेड स्पेशको महिनाको तीन सय दिराम तिरेर बसेका छन्।

रास्वपाका एक अन्तर्राष्ट्रिय मञ्चका स्रोतका अनुसार यो कुराको पुष्टि गरिएको हो। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उनलाई जानी जानी पक्राउ गर्न नमानेको कुरा पनि उनले बताए।

‘जीबी राईका बारेमा हामीले गृहमन्त्रीलाई जानकारी दिएको हो तर खै किन हो पक्राउ गरेनन्। जानकारी दिएको एक महिनाभन्दा बढी भयो’, ति सदस्यले क्यानडा नेपाललाई बताए। 

गरिब जनताको रकम अपचलन गरेको विषयमा चुप लागेर बस्न सकिएन यसैकारण यो जानकारी दिन उपयुक्त ठानेको उनले बताए।