आज देखी असार ३ गते सम्म बेनीघाट रोराङमा गर्मी बाट जोगिन विद्यालय बन्द

धादिङ । जिल्लाको बेनीघाट रोराङ गाउँपालिकाले गर्मी बिदा दिने भएको छ ।

विहीबार गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरेद्धारा सूचना जारी गर्दै मिति जेष्ठ ३२ गते देखी आगामी असार ३ गते सम्म (३ दिन) बिदा दिने विद्यालयको पठन पाठन बन्द रहने गरि बिदा दिन पालिका भरिका विद्यालयहरुमा अनुरोध गरेको हो ।

विगत केही दिन देखी गर्मी बढ्दै जाँदा विद्यालयमा पठन–पाठन कार्य सकस पूर्ण हुँदै गएकोले स्थान विशेष मौसमको अवस्था आँकलन गरी आवश्यकता देखिएमा विद्यालय व्यवस्थापन समितिको स्वीकृति लिई बर्षे बिदाबाट कट्टी हुने गरी सबै विद्यालयहरुमा गर्मी बिदा दिने व्यवस्था मिलाउन अनुरोध गर्दै शिक्षा, युवा तथा खेलकुद शाखाबाट आयोजना भएको हस्तलेखन प्रतियोगिता भने यथावत सञ्चालन हुने बेहोरा समेत सूचना मार्फत जानकारीको दिईएको छ ।