त्रिशूली किनारमा बस खस्यो : २० घाइते मध्य ५ जनाको अवस्था गम्भीर

काठमाडौ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ ।

नेपालगन्जबाट काठमाडौंतर्फ गईरहेको भे१ख ४०६० नम्बरको यात्रीबस काठमाडौंबाट मुग्लिनतर्फ आईरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकआपसमा ठोक्किँदा बस त्रिशूली नदी किनारमा किनारमा खसेको छ । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ ।

गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।