अत्याधिक गर्मीको कारण हेटौँडाका विद्यालय बन्द

काठमाडौँ । पछिल्लो केही दिनबाट बढेको गर्मीपछि हेटौँडाका विद्यालय दुई दिन बन्द हुने भएको छ ।

गर्मीको कारण विद्यार्थीहरूमा स्वास्थ्य समस्या देखिन लागेपछि हेटौँडा उपमहानगरपालिकाले जेठ ३१ र ३२ गते उपमहानगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले सूचना प्रकाशन गर्दै जेठ ३१ र ३२ गते उपमहानगर क्षेत्रका सम्पूर्ण विद्यालय बन्द हुने जानकारी दिएको हो ।