धादिङमा सम्पन्न बागमती प्रदेशस्तरीय खुला कविता प्रतियोगितामा विजय तामाङ प्रथम

धादिङ । बागमती प्रदेश स्तरीय खुला कविता प्रतियोगिता सम्पन्न भएको छ ।

मंगलबार नीलकण्ठ नगरपालिकाको सिटी हलमा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रि प्रसाद दाहालको अध्यक्षता रहेको थियो भने नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा नगरपालिकाका उप—मेयर दिपक विश्वकर्मा, नगरपालिकाका प्रमुख प्रशाासकिय अधिकृत पुरुषेत्तम सुवेदी, डिभिजन बन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्या,साहित्यकार, कवि, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

उक्त प्रतियोगितामा धादिङका विजय तामाङ प्रथम भएका छन् । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको बागमती प्रदेशस्तरीय खुला कविता प्रतियोगितामा जम्मा ३९ जनाको सहभागिता रहेको थियो ।

मगलबार धादिङ बेसीमा सहभागी मध्ये पाँच जनाको कवितालाई प्रज्ञा प्रतिष्ठानले छनोट गरेर प्रथम द्धितिय तिृतिय र सान्तोना छुटाइएको थियो । धादिङका विजय तामाङ प्रथम भएका छन् भने नुवाकोटका उत्तम राज भेटुवाल द्धितिय, ललितपुरका अजय रिसाल तिृतिय र सान्त्वना सिन्धुलीका रुपक धलान र नुवाकोटका प्रदिप कोइराला भएका छन् ।

खुला कविता प्रतियोगिताको प्रथम परस्कार २० हजार र प्रमाण पत्र, द्धितिय पुरस्कार १५ हजार सहित प्रमाण पत्र, तिृतिय पुरस्कार १० हजार सहित प्रमाण पत्र र सान्तोना पुरस्कार ५/५ हजार सहित प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा झिंगु नेवा समाज धादिङ र ज्याम्रुङको पन्चेबाजालाई २० हजार ८१ रुपायौं नगद सहित सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रमकै अवसर पारेर धादिङका लेखक तथा साहित्यकार गाउँले बलदेव अधिकारीलाई पनि सम्मान गरिएको थियो ।