धादिङ । नीलकण्ठ न.पा. २ स्थित महेन्द्र माध्यमिक विद्यालयमा किशोरीहरुका लागि आयोजित आत्मरक्षा सबन्धी २ दिने तालिम सम्पन्न भएको छ ।
जिल्ला युवा समिती धादिङको आयोजनामा प्रदेश युवा परिषद बागमती प्रदेशको आर्थिक सहयोगमा सञ्चालन भएको आत्मरक्षा सम्बन्धी तालिममा विद्यालयमा अध्ययनरत ३० जना किशोरीहरुको सहभागी रहेको थियो ।
प्रदेश युवा स्वंयम् सेवक सपना दाहालको अध्यक्षता नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा समापन भएको हो । त्यस्तै विशिष्ट अतिथिको रुपमा वडा नम्बर २ का वडा ध्वज बहादुर गुरुङ,विद्यालयका प्रधानध्यापक नवराज रेम्मी रहेको थियो । भने दुई दिन सम्म तालिममा सहभागी किशोरीहरुलाई गौरी माया तामाङ र बेति माया तामाङले सहजीकरण गर्नु भएको थियो ।