धादिङ । शनिबार करिब ३ घण्टा भन्दा लामो समय मुसलधारे बर्षा सगै आएको असिनापानीले उत्तरी धादिङको रुबीभ्याली, खनियाबास गाउँपालिकाका स्थानीय कृषकहरुको हिउँदे बालीलाई क्षति पुर्याएको छ । किसानले खेतबारीमा लगाएका मकै, आलु, गहुँ, जौमा क्षति भएको हो ।
मुख्य गरि खन्ने बेला भएको आलु र बैशाख/जेठमा टिप्नु पर्ने गहुँ र जौमा धेरै क्षति भएको छ भने भखरै उम्रदै गरेको मकैमा यस असिना पानीले भाच्नुको साथै किरा पर्ने र राम्रो संग फल नलाग्ने समस्या हुने स्थानीय कृषकहरू बताउन्छन ।
जिल्लाकै आर्थिक रुपमा कमजोर एबं बिकासमा पछाडि परेका यी क्षेत्रका स्थानीयहरुले बर्ष भरी खानु पर्ने आलु मकै लगायतका बाली नाश भएकोले सरोकार निकायले क्षतिको विवरण बारे अध्यन गरि आवस्यक परेको अवस्थामा क्षेतिपुर्ती अथवा राहत प्रदान गर्नु पर्ने देखिन्छ ।






