हेटौँडा । बागमती प्रदेश सरकारमा आज नेकपा एमाले प्रवेश गर्ने भएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई मन्त्री पदमा नियुक्त गरि सरकारमा सहभागी गराउने तयारी गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाकाअनुसार नेता थपलियालाई आजै साँझ ६ बजे शपथ गराउने तयारी गरिएको छ । थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तिक्ने मुख्यमन्त्री शालिकराम जम्केट्टेलको तयारी रहेको कार्यालयले जनाएको छ ।
बदलिएको सत्ता समीकरण अनुसार मुख्यमन्त्री जम्कट्टेलले सरकारमा साझेदार दलहरुलाई सहभागी गराएका हुन् । १९ गते विश्वास मत लिने तयारी गरेका उनले सत्ता समीकरणमा सुरक्षित बन्न यस अघि २ सांसद रहेको हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।






