धादिङ । प्रदेश युवा परिषद् बागमतीले विभिन्न सीपमुलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिती धादिङले विभिन्न क्षेत्रको सीपमुलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको हो ।वेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु सिर्जना गर्न युवा लक्षित आवेदन फारम खुल्ला गरेको जिल्ला युवा समिति धादिङका प्रदेश युवा स्वयंसेवक सपना दाहालले जानकारी दिनुभएको छ ।
इमेल, इन्टरनेटको पहुँच नपुगेका ठाउँबाट समितिले तोकेको फाराममा आफ्नो व्यक्तिगत विवरण भरी आवश्यक कागजात सहित चैत २२ गतेभित्रमा जिल्ला युवा समिति धादिङको कार्यालयमा फाराम बुझाउनुपर्नेछ । विशेष गरि निर्माण क्षेत्र, सेवा क्षेत्र, कृषि क्षेत्र, होटल तथा पर्यटन क्षेत्र र नर्सरी तथा गार्डेन व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिनेछ । १६ देखि ४० वर्ष सम्मका युवाहरु सहभागि हुन पाउनेछन् ।
आवेदन फाराम समितिको कार्यालयबाट पनि उपलब्ध हुनेछ । त्यस्तै अनलाइन फर्म मार्फत आवेदन दिनको लागि https://forms.gle/ytvfwuiJ1Whw5NLeA मार्फत दिन सकिनेछ । सो तालिम बागमती प्रदेशका १३ वटै जिल्लाहरूमा निशुल्क सञ्चालन हुनेछ ।
थप जानकारीको लागि
जिल्ला युवा समिति धादिङ,जनजिविका होटल अगाडी
सम्पर्क नंः९८४३२५३८६९