धादिङ । श्री प्रशन्न स्वास्थ्य आमा सहकारी संस्था लि काे नवाै बार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।
नीलकण्ठ नगर पालिका वडा नं ९ मा रहेकाे प्रशन्न सहकारी साविककाे मुरलिभञ्ज्याङ गा वि सका महिला स्वास्थ्य स्वयम् सेविकाहरूले स्थापना गरेकाे सम्भवत् नेपालकै पहिलाे आमा सहकारी भएकाे संस्थाका सचिव सावित्रा काेईरालाले जानकारी दिनुभयाे । कार्यक्रममा आमा स्वस्थ्य भएमा मात्रै बच्चाहरू स्वस्थ्य हुने र स्वस्थ्य मानिसले मात्र देशकाे लागि याेगदान गर्न सक्छ भन्दै वडा अध्यक्ष राजन वराईलीले विशेष गरि गर्भवती महिलाहरूलाई सहयाेग गरि स्वस्थ्य परिक्षण सुत्केरी गराउन स्वस्थ्य संस्थासम्म अनिवार्य लैजान भन्नुभयाे ।
श्री प्रशन्न स्वास्थ्य आमा सहकारी संस्था लि. काे अध्यक्ष श्रीमती अम्विका दुवाडी काे सभापतित्व तथा नीलकण्ठ नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजन वराईलीकाे प्रमुख आतिथ्यता र नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय सदस्य तथा त्रिकाेण मिडिया हाउसका अध्यक्ष कृष्ण बहादुर पाैडेल , जिल्ला समन्वय समिति धादिङका सदस्य कबिता परियार, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि गाेपाल वि क, मण्डली सहकारी संस्थाका अध्यक्ष भगवती पाैडेल जग्गा दाता बाेधराज सुवेदी र स्वास्थ्य चाैकीकाे जग्गा दाता दयानाथ दुवाडी पुर्व गा वि स सचिव बैकुण्ठ प्रसाद लम्साल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा संस्थाकाे नियम अनुसार उत्कृष्ट कार्य गर्नुहुने विभिन्न आमा समूह, शेयर सदस्य तथा सञ्चालक समिति सदस्यहरूलाई सम्मान गरिएकाे थियाे ।
त्यसै गरि नेपाल निजामति कर्मचारी संघका केन्द्रीय सदस्य तथा त्रिकाेण मिडिया हाउसका अध्यक्ष कृष्ण बहादुर पाैडेलले संस्थाका कार्यसमिति र कर्मचारीहरूलाई झाेला वितरण गर्नु भयाे ।
१९७ जना संस्थापक सदस्य रहेकाे सहकारीमा हाल ८०५ शेयर सदस्य , १३ वटा आमा समूह रहेकाे प्रशन्न सहकारी संस्था बि सं २०७१ सालमा स्थापना गरिएकाे हाे ।