धादिङ । धादिङमा फागुन ४ गते सालक दिवस मनाईने भएको छ । बिहीबार डिभिजन वन कार्यालय धादिङमा शिक्षकहरु र संचारकर्मीहरु सँग बैठक बसि फागुन ४ गते शुक्रबार नीलकण्ठ माध्यामिक विद्यालयमा सालक दिवस मनाउने निर्णय गरेको हो ।
धादिङका नागरिकहरुलाई शालकको बारेमा जानकारी नभएको हुनाले सचेतना जगाउने र संरक्षण गर्ने उद्धेश्यले डिभिजन वन कार्यालय धादिङको संयोजकमा दिवस बनाउन लागिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनुभयो ।
शालकको बारेमा जानकारी नहुँदा चोरी तस्करी बढेकोले यसको संरक्षण गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।






